देवघाटका भुजेल ३ वर्षदेखी ओच्छ्यानमै

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ४

देवघाट गाउँपालिका–४ का ५२ बर्षीय शुकलाल भुजेल विरामी भइ ओच्छ्यानमै अलपत्र अबस्थामा छन् । ३ वर्ष अघि रुखबाट खसेर मेरुदण्ड भाँचिएपछि त्यसयता भुजेल ओच्छ्यान परेका हुन् ।

आर्थिक अवस्था निकै कमजोर भएका उनको उपचार गर्न नसकेपछि उनी घरमै थलिएका हुन् । उनी पिसाब पाइपबाट नै गर्ने गरेका छन् । मेरुदण्ड भाँचिएर अप्रेरेसन गरेपछि पनि उनको कम्मर देखि तलको भाग नसा च्यापिएको घर ल्याएर राख्दा भुजेलको मलद्धारा नजिकै घाउ आएको वडा नम्बर ४ को वडा सदस्य वुद्धिमान भुजेलले बताए ।

भुजेलको उपचारमा आर्थिक अभाव भएपछि थप उपचार गर्न नपाएको वडा सदस्य भुजेलले बताए । चिकित्सकले भुजेललाई एक वर्ष अस्पतालमै बसेर उपचार गर्नुपर्ने बताएका छन् ।

अप्रेसन गर्दाको क्रममा पनि आर्थिक सहयोग जुटाएर अप्रेसन गरेको भुजेलले बताए । रकम जुटाउन सके आफू निको हुन पाउने शुकलाल भुजेलले बताए । आफ्नो उपचारकोलागि आर्थिक सहयोग गरिदिन हुन भुजेलले अनुरोध समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता