आँबुखैरेनीमा ट्रमा सेन्टर निर्माणका लागि १० रोपनी सरकारी जग्गा उपलब्ध

Devghat Online

शेयर गरौ

तनहुँ । असार ५

संघीय सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिकामा ट्रमा सेन्टरसहितको १५ शैयाको अस्पताल निर्माणका लागि १० रोपनी सरकारी जग्गा दिने निर्णय गरेको छ ।

असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको नाममा दर्ता रहेको सो जग्गा अस्पताल निर्माणका लागि गाउँपालिकालाई प्रयोग गर्न दिने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको थियो ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले लामो समयदेखिको प्रयासपछि अस्पताल निर्माणका लागि आवश्यक जग्गा प्राप्ति सम्भव भएको जानकारी दिए । उनका अनुसार प्राप्त जग्गामा ट्रमा सेन्टर निर्माण गरिनेछ ।

‘पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर खण्ड तनहुँमा पर्दछ, जहाँ दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन्,’ अध्यक्ष चुमानले भने, ‘यस्तो अवस्थामा ट्रमा सेन्टरको आवश्यकता अत्यन्तै महत्त्वपूर्ण छ ।’ गाउँपालिकाले अब उक्त जग्गामा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चुँदी रम्घामा भानु साहित्य उद्यान बन्ने, राष्ट्रपति पौडेलले सोमबार शिलान्यास गर्ने

तनहुँ । बैशाख १३ नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नपा–४ को चुँदी