देवघाट । असार १४
राष्ट्रिय परीक्षा बोर्डद्वारा सन्चालित एसइई परिक्षामा तनहुँको देवघाटमा सन्चालित तीन वटा गुरुकुलकाे नतिजा उत्कृष्ट आएको छ ।



महेश संस्कृत गुरूकुल देवघाटधाम तनुहुँका शतप्रतिशत परिक्षार्थी सबैले अतिविशिष्ट श्रेणी (A+) मा उत्तीर्ण गरेका छन्।

त्यस्तै परमानन्द संस्कृत गुरुकुलका २२ मध्ये सबै विद्यार्थी अतिविशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।

त्यसैगरी बेदबेदाङ्ग संस्कृत विद्यापिठका १५ जना विद्यार्थीमध्ये सर्वोत्कृष्ट र उत्कृष्ट श्रेणीमा उत्तीर्ण भएका छन् ।












