नारेश्वरतालको निर्माण अन्तिम चरणमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १८

व्यास नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको नारेश्वर तालको ड्याम र सिंचाई ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ । व्यास नगरपालिका–१०, दुम्सीचौरमा निर्माणाधीन नारेश्वर ताल र ड्यामको काम अन्तिम चरणमा पुगेको हो । सिँचाइ डिभिजन कार्यालय तनहुँ मार्फत विगत लामो समयदेखि रोकिएको ड्याम निर्माण कार्य यस वर्ष पूर्णता पाएसँगै अब तालमा माटो फाली पानी भर्ने कार्य सुरु गरिने भएको हो ।

नगरपालिकाद्वारा कार्यान्वयन गरिएको यस बहुउद्देश्यीय परियोजना करिब २४–२८ रोपनी क्षेत्रमा फैलिएको छ । अब तालमा जम्मा भएको माटो निकाल्ने, पानी जम्मा गर्ने तथा वरिपरि आवश्यक संरचना निर्माणको काम अगाडि बढाइनेछ ।

तालसँगै यहाँबाट पानी तानेर जम्मा गर्ने ट्याङ्की पनि निर्माण गरिएको छ, जसबाट आसपासका कृषकलाई आवश्यक सिँचाइको पानी वितरण गरिनेछ । यसबाट स्थानीय कृषि उत्पादन वृद्धि हुने, पर्यटन विकासमा योगदान पुग्ने र वातावरणीय सन्तुलन कायम गर्न मद्दत हुने विश्वास नगरपालिकाले लिएको छ ।

व्यास नगरपालिकाको आयोजना र गण्डकी प्रदेश सरकारको साझेदारीमा करिब ४ करोड रुपैयाँ अनुमानित लागतमा निर्माण भइरहेको यस परियोजनाले पूरा भएपछि व्यास नगरलाई कृषि, पर्यटन र वातावरणीय दृष्टिले नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको छ । व्यास नगरपालिका यस परियोजना मार्फत कृषि, पर्यटन, रोजगारी र वातावरण संरक्षणमा समान रूपले योगदान पु¥याउने लक्ष्यसहित अगाडि बढिरहेको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक