लमजुङको दोर्दीको अकबेर खुर्सानी खेती अवलोकन गर्न पुग्यो बन्दीपुरको टोली

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

बन्दीपुर गाउँपालिकाको टोलीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा गरिएको अकवरे खुर्सानी खेतीको अवलोकन गरेको छ । गाउँपाालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको नेतृत्वको टोलीले मंगलबार दोर्दी गाउँपालिकामा गई अकबरे खुर्सानी खेतीको अवलोकन गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, विभिन्न वडाका वडाध्यक्ष, कृषि तथा पशु प्राविधिकहरू सहितको टोलीले दोर्दी गाउँपालिकाको हटिया क्षेत्रस्थित करिब ६५० रोपनीमा फैलिएको अकबरे खुर्सानी खेतीको अध्ययन अवलोकन गरेको बन्दीपुर गाउँपालिका पशु सेवा शाखाका प्रमुख मधुबिलास न्यौपानेले बताए ।

बन्दीपुर गाउँपालिकाले चालु वर्ष अकबरे खुर्सानी खेतीमा किसानलाई सहयोग गर्ने नीति लिएको भन्दै दोर्दीको सफल अभ्यासको अवलोकन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

काठमाडौं । बैशाख २० राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाएका छन्

भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा हामी प्रतिबद्धः अध्यक्ष चुमान

तनहुँ । बैशाख २० तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भुमिहिनको वैज्ञानिक र न्यायोचित व्यवस्थापनमा