कालीगन्डकी डाइभर्ससबारे घिरिङमा बक्तृत्वकला प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २०

कालीगन्डकी नदीको बहाव परिवर्तन (डाइभर्सन) बारे घिरिङ गाउँपालिकामा बक्तृत्वकला प्रतियोगिता हुने भएको छ । घिरिङ गाउँपालिकाको आयोजनामा यही साउन २७ गते ‘कालीगन्डकी नदीको बहाव परिवर्तनः सही या गलत’ भन्ने शिर्षकमा बक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।

घिरिङ गाउँपालिका–१ को महामृत्युन्जयधाममा हुने उक्त प्रतियोगितामा कक्षा ११ र १२ वा सो भन्दा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु सहभागी हुन पाउनेछन् । उक्त प्रतियोगिताका प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः १५ हजार, १२ हजार, १० हजार र ८ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिने घिरिङ गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक