देवघाटधाम जेसीजलाई अवार्डसहित सम्मान

Devghat Online

शेयर गरौ

देवघाट । साउन २१

नेपाल जेसिजले सामाजिक उत्तरदायित्व, युवा नेतृत्व विकास र उत्कृष्ट कार्यक्रम कार्यान्वयनको आधारमा देवघाटधाम जेसीज वर्ष २०२५ लाई अवार्डसहित सम्मानित गरेको छ ।

राजधानीको एलफ्ट होटेलमा हालै सम्पन्न सम्मान कार्यक्रममा जेसिआई एसिया एण्ड द प्यासिफिकका २०२५ कार्यकारी उपाध्यक्ष मार्क जोसेफ डेभिडले देवघाटधाम जेसीज २०२५ का अध्यक्ष प्रशन्न ढकाललाई पिन प्रदान गरि सम्मान गरेका थिए । त्यस्तै जेसिआई नेपाल २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले सम्मान पत्र प्रदान गरेकी थिइन् ।

यस सम्मानले देवघाटधाम जेसीजको संस्थागत कार्यक्षमता र प्रभावशाली नेतृत्वलाई राष्ट्रिय स्तरमा पुष्टि गरेको अध्यक्ष ढकालले बताए । विभिन्न सामाजिक अभियान, जनचेतनामूलक कार्यक्रम, नेतृत्व विकास तालिम, र युवाहरुको सक्रिय संलग्नतामार्फत देवघाटधाम जेसीजले स्थानीय स्तरमा उल्लेखनीय योगदान पु¥याउँदै आएको अध्यक्ष ढकालले बताए ।

‘यो सम्मान देवघाटधामको मात्र होइन, हाम्रो सामूहिक मेहनतको मूल्यांकन हो, अध्यक्ष ढकालले भने ‘अबको यात्रामा अझ बढी प्रतिबद्ध भएर अघि बढ्नेछौं ।’ देवघाटधाम जेसीजले आगामी दिनहरूमा पनि सामाजिक रूपान्तरण, नेतृत्व उत्पादन र समुदायमा सकारात्मक प्रभाव पार्ने कार्यहरूलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो