सरुवा हुन चाहने कर्मचारीले साउन मसान्तसम्ममा फाराम भरिसक्नुपर्ने

Devghat Online

शेयर गरौ

काठमाडौं । साउन २४

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा प्रक्रिया अघि बढाउन संघीय स्तरका सबै निकायलाई परिपत्र गरेको छ ।
मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८ तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ अनुसार कर्मचारीको सरुवाको काम हरेक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था अनुसार सरुवा व्यवस्थापनका लागि तोकिएको ढाँचामा कर्मचारीको विवरण पठाउन सबै निकायलाई परिपत्र गरेको हो ।

त्यसका लागि सरुवा चाहने कर्मचारीले निवेदन दिनुपर्ने, निजामती सेवामा कार्यरत र सरुवा हुन चाहने कर्मचारीले आफ्नो व्यक्तिगत विवरण राष्ट्रिय कितावखानमा अद्यावधिक गरी २०८२ साउन मसान्तभित्र मन्त्रालयको इमेल ठेगानामा नियमावलीको अनुसूची ९ अनुसारको ढाँचामा निवेदन पेश गर्न निर्देशन दिएको छ ।

यस्तै सबै मन्त्रालय, आयोग, सचिवालय तथा निकायले आफ्नो मातहतका निकायमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी ७ दिनभित्र अद्यावधिक गराउन भनेको छ । साथै, निजामती कर्मचारीको अद्यावधिक विवरण मन्त्रालयको इमेल ठेगानामा पठाउने व्यवस्था गरिएको जनाइएको छ । त्यसका लागि मन्त्रालयले तोकिएको ढाँचा समेत तयार गरेर विवरण पेश गर्न भनेको हो ।

मन्त्रालयले सरुवा प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यसहित यो निर्देशन जारी गरेको जनाउँदै सबै सरोकारवाला निकाय र कर्मचारीलाई तोकिएको म्यादभित्र प्रक्रिया पुरा गर्न अनुरोध गरेको छ । यसले कर्मचारी व्यवस्थापनमा एकरूपता ल्याउने र सेवा वितरणमा समेत सकारात्मक प्रभाव पार्ने मन्त्रालयको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा