देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा लौडारी

Devghat Online

शेयर गरौ

देवघाट । साउन २४

देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा डा.इश्वरी राज लौडारी नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रीप्रसाद पाण्डेले शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट लौडारीलाई अध्यक्ष नियुक्त गरेका हुन् ।

यस अघि प्राध्यापन पेशामामा आवद्ध लौडारी भरतपुरको बिरेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन समेत गरिसकेका छन् । उनी नेपाली काँग्रेस चितवनका नेता हुन् ।

मन्त्री पाण्डेले मन्त्रीस्तरीय निर्णयबाट क्षेत्र विकास समितिको सदस्यहरुमा तनहुँबाट रामहरि पुडासैनी र इन्द्रमाया थापा मगर, चितवनबाट चन्द्रमित्र पण्डित र लक्ष्मण सुवेदी तथा नवलपुरबाट सालिकराम सापकोटा र यू कुमारी शर्मालाई नियुक्त गरेका छन् ।

समितिको अध्यक्ष छनौट गर्न नसक्दा लामो समयसम्म समिति गठन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा अपाङ्गता भएका व्यक्तिकालागि १० दिने च्याउ खेती तालिम सुरु, १५ जना सहभागी

देवघाट । असार १६ देवघाटमा अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार, आर्थिक आत्मनिर्भरता तथा उद्यमशीलतातर्फ उन्मुख गराउने