अन्तरिम सरकारमा थप चार मन्त्री नियुक्त

Devghat Online

शेयर गरौ

काठमाडौं । असोज ६

वर्तमान अन्तरिम सरकारमा थप चार मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपती रामचन्द्र पौडेलले अनिल सिन्हा, महाबिर पुन, मदन परियार र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुको सोमबार नै सपथ ग्रहण भएको छ ।

प्रधानमन्त्री कार्कीले मन्त्रीहरुको कार्यविभाजन समेत गरेकी छिन् । जस अनुसार प्रधानमन्त्री कार्कीले परराष्ट्र, रक्षा, खानेपानी, महिला बालबालिका तथा जेष्ठ नागरिक, युवा तथा खेलकुँद, वन तथा वातावरण, श्रम रोगजार तथा सामाजिक सुरक्षा, संस्कृती पर्यटन तथा नागरिक उड्ययन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेबारी आफैसँग राखेकी छिन् ।

त्यसैगरि रामेश्वर खनाल, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कुलमान घिसिङ उर्जा, जलश्रोत तथा सिंचाई, भौतिक पुर्वाधार तथा यातयात र शहरी विकास मन्त्री, ओमप्रकाश अर्याल गृह मन्त्री, अनिल कुमार सिन्हा उद्योग वाणिज्य तथा आपुर्ती, कानुन न्याय तथा संसदीय मामिला, भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री, महाबिर पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, मदन प्रसाद परियार कृषि तथा पशुपन्छी विकास मन्त्री र जगदिश खरेल सुचना तथा सन्चार प्रविधि मन्त्री रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा

चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

तनहुँ । साउन १० दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन