सुरक्षित र सभ्यरुपमा चाडपर्व मनाउन जिल्ला प्रहरी कार्यालय तनहुँको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । असोज १२

जिल्ला प्रहरी कार्यालय तनहुँले सुरक्षित र सभ्यरुपमा चाडपर्व मनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ । सर्वसाधरणको नाममा सुचना प्रकाशित गरि जिल्ला प्रहरी कार्यालयले सुरक्षित र सभ्य रुपमा चाडपर्व मनाउन विभिन्न अनुरोध गरेको छ ।
अहिले चोरीको बिगबिगी बढेको हुँदा घर बाहिर जानुपर्दा हेरचाहको लागि नजिकैको छिमेकीलाई जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ । घर तथा टोल सुरक्षाको लागि सिसिटिभी तथा साईरन लगायत सुरक्षाका सामाग्रीहरु जडान गर्न, घर कम्पाउन्डमा गेटमा तालाबन्दी गर्दा चोरी गर्ने व्यक्तिले थाहा पाउने हुँदा तालाको सट्टामा अन्य प्रकृतिका लकिङ्ग सिस्टम जडान गर्न प्रहरीले अनुरोध गरेको छ ।

अपरिचित व्यक्तिले दिएको कुने पनि कुराहरु सेवन नगर्न तथा आफ्ना बालबच्चाहरुलाई पनि सेबन गर्न हुन्न भनी सिकाउन र अपरिचित व्यक्तिलाई झट्ट बिश्वास नगर्न, रातको समयमा हुने सक्ने चौरी डकैति लगाएतको अपराधिक क्रियाकलाप रोकथामका लागि घर वरिपरि बिशेष गरि पछाडिको कम्पाउण्डमा बाहिरबाट नदेखिने गरी प्रयाप्त प्रकाशको व्यबस्था गर्न, रातको समयमा कोही कसैले ढोका ढक्ढकायमा मानिसको पहिचान गरेर मात्र ढोका खोल्न तथा चोरी गरि ल्याएका बहुमुल्य गर–गहना, ल्यापटप, मोबाईल जस्ता बिद्युतिय उपकरणहरु खरिद नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

बहुमुल्य गरगहना र अधिक मात्रमा नगद घरमा नराखी बैक तथा बित्तय सस्थामा सुरक्षित राख्न, जुवा तास खेल्नु र खेलाउनु दुबै दण्डनिय भएकोले यस प्रकारको गैर–कानुनि क्रियाकलापमा सहभागी नहुन, भिडभाडमा जाँदा बहुमुल्य गर गहना नलगाउन एवं आतिसबाजीको प्रयोगबाट अत्याधिक ध्वनी प्रदुषण र आगालागी हुने सम्भाबना रहेकोले आतिसबाजीको प्रयोग, खरिद बिक्रि नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

होटल व्यबसायीहरुले कानुनले तोकिएको समय सीमा भित्र होटल बन्द गर्न, डेरा गरी बसेको व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर, वतन र फोटो सहितको स्थायी बिबरण लिई राख्न, आफुसँग भएका सवारी साधनहरु आफ्नो घर कम्पाउण्ड भित्र आफ्नै निगरानिमा राख्न, कुनै पनि अपराध भईरहेको वा हुन लागेको देखेमा सुनेमा वा कुनै पनि व्यक्तिले संकास्पद व्यबहार गरेमा वा हाल बर्तमान बिसम परिस्थितिका कारण फरार रहेका कैदी बन्दी देखेमा वा कुनै प्रकारको सहायताका लागि नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल १०० वा ९८५६०९०२९८ वा ९८५६०९०१७८ मा खबर गर्नहुन जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधरणमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण