देवघाटधाम जेसीजको जेसीज सप्ताह सुरु, सामग्री वितरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । कार्तिक ३

देवघाटधाम जेसीजको जेसीज सप्ताह २०२५ सुरु भएको छ । सप्ताहको सोमबार माँ कल्याणी वैदिक कन्या गुरुकुलम देवघाटमा सामाग्री वितरण गरि शुभारम्भ गरियो । जेसीज सप्ताह अन्तर्गतको उक्त कार्यक्रमको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उद्घाटन गरेका थिए ।

सप्ताहको कार्यक्रमको पहिलो दिन देवघाटधाम जेसीजले उक्त गुरुकुलका विद्यार्थीलाई स्टेशनरी वितरण तथा गुरुकुललाई ४ थान पंखा प्रदान गरेको थियो । सो अवसरमा बोल्दै देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाटधाम जेसीजको समाजसेवी भावना र युवाहरुको सक्रियता, नेतृत्व प्रशंसनीय रहेको बताउदै गाउँपालिकाको निरन्तर सहयोग रहने प्रतिवद्दता समेत व्यक्त गरे ।

देवघाटधाम जेसीजका अध्यक्ष प्रशन्न ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उद्देश्य र महत्वका बारेमा जेसीज सप्ताह–२०२५ का मूल संयोजक तथा देवघाटधाम जेसीज–२०२५ का महासचिव अर्जुन सुवेदीले प्रकाश पारेका थिए । कार्यक्रममा देवघाटधाम जेसीजका निवर्तमान अध्यक्ष रघु मल्ल, गुरुकुल प्रतिनिधि बिनोद कुमार थापा लगायतले मन्तव्य राखेका थिए ।

देवघाटधाम जेसीजका अध्यक्ष ढकालका अनुसार उक्त पंखा पिपलटार विजुली पसल, देवघाटका प्रोप्राइटर डिल्लीराम गिरीले प्रदान गरेका थिए । सो कार्यक्रमको सञ्चालन देवघाटधाम जेसीज–२०२५ कि तालिम आयुक्त स्वस्तिका धितालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समिति गठन

तनहुँ । जेठ २६ सरकारले देशभरका जिल्लाहरूमा भूमिसम्बन्धी समस्या समाधानका लागि ‘जिल्ला भूमि समस्या समाधान

मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

तनहुँ । जेठ २६ मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना अन्तर्गत शुक्लागण्डकी नगरपालिका–४, दुलेगौंडामा एचआईभी/एड्स, यौनजन्य संक्रमण