म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई अनुदान दिने

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक २

म्याग्दे गाउँपालिकाले यस वर्ष पनि हलगोरु पाल्ने कृषकलाई अनुदान दिने भएको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत ‘हलगोरु पोषण अनुदान कार्यक्रम’ अन्तर्गत वडा नम्बर ५, ६ र ७ का हलगोरु पालक कृषकहरूलाई प्रति हल चार हजार रुपैया अनुदान दिने भएको हो ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक कृषकहरूबाट आवेदनको लागि गाउँपालिकाले सुचना प्रकाशित गरेको छ । आवेदक कृषकले आवश्यक कागजातहरु सहित तोकिएको ढाँचा अनुसारको निवेदन आफ्नो वडा कार्यालयमा दर्ता गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले अनुरोध गरेका छन् ।

आवेदनको साथमा पशुधनीको नागरिकताको प्रतिलिपी, कम्तिमा तीन वर्ष हल गोरु पाल्ने र आफै खेत जोत्ने कार्यमा संलग्न भएको तथा हुने प्रतिवद्धता पत्र, निवेदक र हल गोरु संयुक्त रुपमा देखिने फोटो र पशुधनीको आफ्नै नाममा रहेको बैंक र खाता नम्बर पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

म्याग्देले विगत देखी नै यस कार्यक्रम निरन्तर गर्दै आएको छ । उक्त कार्यक्रमको कारण हलगोरुको संरक्षणमा टेवा पुगेको कृषकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती