दर्शक भेट्न भोली दमौली आउदै ‘जेरी अन टप’का कलाकार

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक ९

असोज ३१ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ यतिबेला देशभर प्रदर्शनरत छ । फिल्मले प्रदर्शन देखि निरन्तर राम्रो दर्शक पाउन सफल भएको छ ।

यसैबिच दर्शक प्रतिक्रिया बुझ्न फिल्म युनिट सोमबार मोफसल टुरमा आउन लागेका छन । अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय जसिता गुरुङ र आँचल शर्मासहितको टिम भोली सोमबार दर्शक भेट्न दमौली स्थित क्युएफएक्स एपेक्सको हलमा आउने भएका छन ।

सो अवसरमा फिल्म युनिटले क्युएफएक्स एपेक्समा दिउँसो साढे २ देखि ३ बजेको समयमा दर्शक भेट्ने कार्यक्रम रहेको छ । दर्शकसँग फिल्म हेर्ने र प्रतिक्रिया लिने उद्देश्यले आफूहरू मोफसल यात्रामा निस्किएको अभिनेता अनमोल केसीले बताए ।

दर्शक प्रतिक्रियाले आगामी दिन आफूलाई अगाडि बढ्न सहज हुने उनको भनाई रहेको छ । सुयोग गुरुङको निर्देशन रहेको फिल्ममा अनमोल, जसिता, आँचलको अलवा भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक