एनपिएल ट्रफी सोमबार दमौलीमा परेड गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । कार्तिक ९

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सोमबार दमौलीमा परेड गरिने भएको छ । एनपिएलको दोस्रो संस्करण सुरु हुनुअघि सातवटै प्रदेशमा ट्रफी परेड गराउने कार्यतालिका बमोजिम सोमबार दमौली बजारमा ट्रफी प्रर्दशन गर्न लागिएको हो ।

उक्त ट्रफी दमौलीमा आज दिउँसो १२ः३० बजे दमौली बजारमा सार्वजनिक गर्ने कार्यक्रम रहेको पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले बताए । पोखरा एभेन्जर्सले गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा ट्रफी परेड गराउन नवलपुरको गैडाकोट, गोर्खाको मनकामना हुँदै ट्रफी दमौली ल्याउन लागेका हो ।

ट्रफी सार्वजनिक कार्यक्रममा सहभागी हुन पोखरा एभेन्जर्सले शुभचिन्तकहरूलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती