औषधि व्यवसायीद्वारा संशोधित औषधि ऐन सच्याउनुपर्ने माग

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर १४

नेपाल औषधि व्यवसायी संघले संशोधित औषधि ऐन सच्याउनुपर्ने माग गरेको छ । संघले सङ्घीय संसद्बाट पारित भएसँगै गत साउन १४ गतेदेखि लागू भएको ऐनको दफा ११ का केही व्यवस्थाले औषधि व्यवसायीहरूलाई चिन्तित बनाएको जनाएको छ ।

सरकारद्वारा संशोधित औषधि ऐन, २०३५ को दफा ११ का उपदफा ९३० र ९५० सच्याउनुपर्ने संघले माग गरेको छ । संशोधित दफा ११ अनुसार तोकिएको मितिभित्र उत्पादन अनुज्ञापत्र, सिफारिसपत्र तथा प्रमाणपत्र नवीकरण नगरेमा ३० दिनभित्र दोब्बर दस्तुर तिरी नवीकरण गर्न सकिने, तर उक्त अवधि पनि कटेमा प्रमाणपत्र स्वतः रद्द हुने व्यवस्था गरिएको छ ।

संघका अनुसार त्यस्तो कठोर प्रावधानले एक दिनको ढिलाइमै पनि दशकौँदेखि सञ्चालनमा रहेका व्यवसाय बन्द हुने खतरा रहेको भन्दै संघले आफ्ना माग पूरा नभएको भन्दै आइतबार एकघन्टा औषधी पसल बन्द समेत गरे ।

संशोधित औषधि ऐन २०३५ को दफा ११ को उप दफा ५ खारेजको माग राख्दै शुक्लागण्डकीका औषधी व्यवसायीले शुक्लागण्डकी नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल औषधी व्यवसायी संघ तनहुँ जिल्ला शाखाका बरिष्ठ उपाध्यक्ष सुनिल बस्यालको नेतृत्वमा गएको टोलीले प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेललाई ऐन खारेजको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । उक्त व्यवस्थाले हजारौँ व्यवसायीहरू विस्थापित हुने अवस्था आउने भन्दै सच्याउन बस्यालले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय