देवघाटका ख्रिष्टियन समुदायले मनाए इस्टर महोत्सव तथा पुनरुत्थान दिवस

Devghat Online

शेयर गरौ

देवघाट । चैत २२

देवघाट गाउँपालिकाका ख्रिष्टियन समुदायले आईतवार इस्टर महोत्सव तथा पुनरुत्थान दिवस मनाएका छन् । देवघाट इसाई समाजको आयोजनामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले देवघाट गाउँपालिकाले सबै धर्मको उचित सम्मान र संरक्षण गर्दै आएको बताए । सबै धर्म सस्कृतिका कार्यक्रमहरु चलाउनका लागि पालिकाले बजेट छुट्याउने अध्यक्ष थापाले बताए । क्रिष्टियहरुकाे लागि चर्च बनाउन बजेट विनियोजित गर्दै आएकाे थापाले बताए ।

साे कार्यक्रममा तनहुँ ख्रिष्टियन समाजका अध्यक्ष कृष्णदेव श्रेष्ठले परमेश्वरकाे इच्छा विपरित केही नहुने र परमेश्वरमै सबै चिज सम्भव हुने श्रेष्ठले बताए । धर्म निरपेक्षता देश भएकाेले केन्द्र देखि लिएर स्थानिय तहले पनि सम्बाेधन गर्न पर्ने श्रेष्ठले बताए । यशु परमेश्वरलाई मारेर गाडेकाे तीन दिन मध्ये आजकाे दिनमा पुनरुत्थान भएकाे हुनाले आज विश्वभर नै पुनरुत्थान दिवस मनाउदै आएकाे श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा तनहुँ ख्रिष्टयन समाजका सल्लाहकार समितिका सदस्य  ओम राज परियारले क्रिष्टयनहरुकाे लागि क्रिसमस डे पछिकाे ठुलाे चाड पुनरुत्थान दिवस रहेकाे परियारले बताए । क्रिष्टियनहरुले कहिले पनि अरुकाे कुभलाे नचाहाने र सधै अरुकाे भलाेकाे लागि तत्पर रहने परियारले बताए । सबै जातजातीले आफुले मन पर्ने धर्म मनाउन पाउने हुनाले अबकाे बजेटमा देवघाट गाउँपालिकाले देवघाटका क्रिष्टियनहरुलाइ पनि बजेट छुट्याइ सम्बाेधन गर्न पर्ने परियारले बताए ।

साे कार्यक्रम देवघाट गाउँपालिका इसाइ समाजका अध्यक्ष नरीमायाँ सिन्जालीकाे अध्यक्षतमा भएकाे थियाे भने कार्यक्रम सञ्चालक देवघाट गाउँपालिका इसाइ समाजका सचिव साेम थापाले गरेकाे थियाे । साे कार्यक्रम तनहुँ जिल्ला भरीका इसाइहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता