घिरिङमा छातीरोग सम्बन्धि खोज पड्ताल शिविर सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २३

घिरिङ गाउँपालिका, प्रदेश स्वास्थ्य कार्यालय तनहुँ तथा जापान नेपाल क्षयरोग अनुसन्धान संस्थाको संयुक्त आयोजना छातीरोग सम्बन्धि खोजपड्ताल शिविर आईतवार वडा नम्बर ३ स्थित घिरिङ सुन्धारा स्वास्थ्य चौकीमख सम्पन्न भयो । उक्त शिविरको गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष थापाले नागरिकको स्वास्थ्य उपचार प्रति पालिका गम्भीर संवेदनशील रहेको बताए । गाउँपालिकाले समय समयमा विभिन्न स्वास्थ्य शिविर र सचेतनाको कार्यक्रम सन्चालन गर्दै आएको अध्यक्ष थापाले बताए ।

सो कार्यक्रममा ५४७ जनाको एआई एक्सरेद्वारा छातीको परिक्षण गरिएको थियो । साथै क्षयरोगका बिरामी २२ जना र ३९ जनाको खकार परिक्षण समेत गरिएको घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले जानकारी दिए ।

वडा नम्बर ३ का वडा अध्यक्ष तहलसिंह थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष नरबहादुर थापा, कार्यपालिका सदस्यहरु इश्वरी श्रेष्ठ र पार्वती विक लगायत स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सन्चालन तथा व्यवस्थापन स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमालले र स्वागत मन्तव्य घिरिङ सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता