देवघाटमा महिलालाई उद्घोषणकला सम्बन्धी दुई दिने तालिम सुरु

Devghat Online

शेयर गरौ

देवघाट, चैत २६

देवघाट गाउँपालिकाको सहयोग तथा देवघाट महिला सन्जाल वडा नम्बर ५ को आयोजनामा महिलाहरुलाई उद्घोषणकला सम्बन्धी दुई दिने तालिम विहिबार सुरु भएको छ।

सो कार्यक्रमको उद्घाटन गर्दै देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले महिलाहरु पनि अबको समयमा अगाडि बढ्नुपर्ने बताए । महिलाहरु पनि बोल्न सक्नु पर्ने कार्यक्रम चलाउन सक्नुपर्ने हुँदा उद्घोषण कला अति आवश्यक भएको अध्यक्ष थापाले बताए ।

वडा नम्बर ५ का अध्यक्ष पुर्ण वहादुर कँुवरले आफ्नो पहिचान शिष्ट र शालिन तरिकाले दिन सक्नुपर्ने बताए । महिलाहरु पनि विस्तारै सक्षम हुँदै गएको र अझ यस्ता तालिमहरु लिई आफ्नो व्यक्तिगत क्षमता बढाउन पर्ने कुवरले बताए ।

उक्त कार्यक्रममा नेपाल मगर संघ देवघाट गाउँ कमिटिका अध्यक्ष खड्क पामी आलेले महिलाहरु आधा आकाश ढाक्ने संख्याको भएपनि महिलाहरु भनेको जस्तो अगाडि नबढेको बताए । महिलाहरुको हक र अधिकारको लागि लड्न सक्ने र आफै सक्षम हुनुपर्ने आलेले बताए ।

महिला सञ्जाल वडा नम्बर ५ की अध्यक्ष नरीमाया सिञ्जालीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ३० जना महिलाको सहभागिता रहेको थियो । तालिम शुक्रबारसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु