बन्दीपुर केवलकारले बन्दीपुर बजारसम्म निशुल्क सटल वस सेवा सुरु गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

बन्दीपुरमा सन्चालित बन्दीपुर केवलकारले स्थानिय समुदाय र पर्यटकलाई डेडिकेटेड सेवा दिनको लागि केवलकारको माथिल्लो स्टेशन देखि बन्दीदपुर बजारसम्म निशुल्क सटल वस सेवा सन्चालन गर्ने भएको छ ।

नयाँ वर्ष २०८३ बैशाख १ गते देखि नियमित सन्चालनमा आउने गरी यस प्रकारको सेवा सुरु गर्न लागिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोमनमान श्रेष्ठले जानकारी दिए । २०८१ जेष्ठ ३ गते देखी केवलकारले सेवा प्रदान गर्दै आएकोमा थप सेवा विस्तार गर्ने सेवा सुविधाहरु थप्दै गएको हो ।

यस सेवाले पर्यटक र स्थानिय समुदाय लाई केवलकारको सेवा उपभोग गर्न निकै सहज हुने देखिएको छ । यस अघि तल्लो स्टेशन देखि डुम्रे बजारसम्म निशुल्क सटल बस सेवा सन्चालनमा आएको थियो । अब दुबै तर्फ यस प्रकारको सेवा उपलब्ध हुने वस ब्यबस्थापक दिपक कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा गुरुकुलका अध्यापकहरुकोलागि पाठ्यक्रम तथा पाठ्यपुस्तक प्रबोधीकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम

देवघाट । जेठ १६ पाठ्यक्रम विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा गण्डकी र बागमती प्रदेशका अध्यापकहरुको

जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती देवघाटमा (फोटो फिचर)

देवघाट । जेठ १५ श्री दक्षिणाम्नाय शृङ्गेरी शारदामठका अनन्तश्रीविभूषित जगद्गुरु शङ्कराचार्य श्रीविधुशेखर भारती महाराजलाई शुक्रबार

दमौली आए जगतगुरु शंकराचार्यः ‘जगदगुरुको भ्रमणपछि व्यास जन्मभुमीलाई विश्वमाझ चिनाउन सहयोग पुग्ने’

तनहुँ । जेठ १४ हाल नेपालको धार्मिक यात्रामा रहेका दक्षिण भारतको शृंगेरी शारदापीठका पीठाधिश्वर जगद्गुरु