भ्यानले स्कुटरलाई ठक्कर दिँदा दुई जनाको मृत्यु

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २८

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–२ स्थित दुलेगौंडा–कोत्रे खण्डको गाछेपानीमा शनिवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौतर्फ आउदै गरेको बा ग च ७३६५ नम्बरको पिकअप भ्यानले विपरित दिसातर्फ जादै गरेको ग १९ प २९८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो ।

पिकअप भेन चालकले नियन्त्रण गुमाई सडक बिचको डिभाईडर क्रस गरी बिपरित दिशाबाट जाँदै गरेकाको स्कुटरलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा स्कुटर चालक पाँचथर घर भई हाल गाछेपानीस्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा पुजारीको रुपमा कार्यरत ३० वर्षिय गणेश खतिवडा र गाछेपानी निवासी स्कुटरको पछाडी सवार ५५ वर्षिय कृष्ण बहादुर भुजेल रहेका छन् । खतिवडा विगत ४ वर्षदेखि च्यवनधाममा पुजारीको रुपमा कार्यरत थिए । खतिवडाको तनहुँ सेवा हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक धननारायण श्रेष्ठले जानकारी दिए । भुजेलको पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार गाडी र गाडी चालक ललितपुरका ६३ वर्षिय कृष्ण बहादुर श्रेष्ठ प्रहरीको नियन्त्रणमा छन् । सीसीटीभी फुटेजमा देखिए अनुसार विपरित लेनमा आएर स्कुटरलाई ठक्कर दिएको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता