तनहुँ जलविद्युत आयोजनाद्वारा बेमौसमी तरकारी खेती तालिम

Devghat Online

शेयर गरौ

तनहुँ । चैत २९

तनहुँ जलविद्युत आयोजनाद्वारा ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित मस्टो लाफा भेजा (महिला समूह) का सदस्यहरूलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने बेमौसमी तरकारी खेती सम्बन्धि तिन दिने तालिम तथा एक दिने वित्तीय साक्षरता सम्बन्धि तालिम शनिबार सम्पन्न भएको छ ।

जलविद्युत आयोजना प्रभावितहरूको जीविकोपार्जन पुनस्र्थापना र आयआर्जन वृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको उक्त तालिममा मगर समुदायका १७ महिला ३ पुरुष गरि २० जनाको सहभागिता रहेको थियो ।

तालिमअन्तर्गत सहभागीहरूलाई हाते ट्याक्टर, बीउविजन, टनेल खेतीका आवश्यक उपकरण, हजारी लगायतका सामग्री उपलब्ध गराईएको थियो । आयोजनाले यसअघि पनि प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ बुनाई, बाख्रापालन, तरकारी खेती तथा वित्तीय साक्षरता जस्ता विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ ।

आयोजना प्रभावितहरुको जीविकोपार्जन पुनस्र्थापना तथा आयआर्जन बृद्धिका लागि हालसम्म ३० वटा क्रियाकलाप सञ्चालन गरिएको छ । जसबाट ३३९ पुरुष र २७९ महिला गरि ६१८ जना लाभान्वित भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता