व्यास नगरपालिकाद्वारा केशवटारमा घुम्ति शिविर आयोजना

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

व्यास नगरपालिकाले वडा नम्बर १४ को केशवटारमा मंगलबार एकिकृत घुम्ति शिविर सन्चालन गरेको छ ।

एकै स्थानबाट सबै प्रकारको सेवाहरु उपलब्ध गराउने उद्देश्यले घुम्ति शिविर सन्चालन गरिएको नगरपालिकाले जनाएको छ । सो कार्यक्रममा बोल्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले एकिकृत घुम्ती शिविर मार्फत नगरपालिकाले सबै प्रकारका सेवाहरु उपलब्ध गराउने उद्देश्य राखिएको बताए ।

उक्त शिविरमा प्रशासन शाखा तथा पन्जिकरण एकाई मार्फत सामाजिक सुरक्षा भत्ताको कार्ड वितरण तथा व्यक्तिगत घटना दर्ता गरिएको थियो । त्यस्तै योजना शाखा मार्फत वडामा सन्चालन हुने योजनाहरुको सम्झौता तथा भुक्तानीको सिफारिस गरिएको थियो ।

साथै कृषि उपशाखा मार्फत बालिमा देखिने विभिन्न रोगहरुको विषादी तथा औषधी वितरण एवं सचेतनाका कार्यक्रम सन्चालन गरिएको थियो ।

सो शिविरमा नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, वडा सदस्य दुर्गाबहादुर आले, कार्यपालिका सदस्य नरीमाया थापा, उपसचिव केदारप्रसाद आचार्य, प्राविधिक लगायत विभिन्न शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता