दुर्घटनामा एक महिलाको मृत्यु, दुइ घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ निवासी ३८ वर्षीया इन्दिरा लिम्बु रहेको प्रहरीले जनाएको छ । लिम्बु दुर्घटना भएको बा.प्र.०२–००६प २२८३ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार बिकका अनुसार सोमबार साँझ ५ः०० बजे उक्त मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक, पछाडि सवार लिम्बु र पैदल यात्री गरी तीन जना घाइते भएका थिए ।

घाइते लिम्बुलाई लक्ष्मी सिटी अस्पताल डुम्रेमा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि प्रदेश अस्पताल रिफर गरिएकोमा उपचारकै क्रममा साँझ ६ः२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

दुर्घटनामा घाइते भएका पैदल यात्रीको लक्ष्मी सिटी अस्पतालमा उपचार भइरहेको छ । यस्तै, सामान्य घाइते भएका मोटरसाइकल चालक उपचारपछि डिस्चार्ज भई प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुर्घटना भएको मोटरसाईकल चेक जाँच गर्दा लागुऔषध फेला

तनहुँ । बैशाख २९ आबुँखैरेनी गाउँपालिका–२ खानीखोला स्थित पृथ्वीराजमार्गमा सोमबार दुर्घटना भएको मोटरसाईकल चेकजाँच गर्दा