तनहुँ । बैशाख १०
भानु नगरपालिका वडा नम्बर ९ मा कार्यरत कर्मचारी सव–इञ्जिनियर हर्क वहादुर सिंजापतीलाई विहिबार सोही वडा निवासी बुद्ध श्रेष्ठले कुटपिट र दुव्र्यहवार गरेका छन् ।



सिंजापती लगायतका कर्मचारीहरु कार्यालयमा सेवा प्रवाह गरिरहेकै अवस्थामा विहिबार दिउंसो २ बजे मादक पदार्थ सेवन गरी आएका श्रेष्ठले अपशब्द, अश्लिल बोली, हातपात, कुटपिट गर्नुका साथै अभद्र व्यवहार गरेका नगरपालिकाका कर्मचारीहरुले जनाएका छन् ।
उक्त घटनाको नगरपालिकामा कार्यरत कर्मचारीहरुले विरोध गरेका छन् । नेपाल निजामती कर्मचारी संगठन र नेपाल निजामती कर्मचारी युनियन भानु नगर समितिले विज्ञप्ति प्रकाशित गरि यस प्रकारको अमर्यादित, गुण्डागर्दी शैली, गैरकानूनी र निन्दनीय कार्यको घोर भत्र्सना गरेका छन् । कार्यालय समयमा भएको यस घटनाले सम्पुर्ण भानु नगरपालिकामा कार्यरत कर्मचारीहरुको मनोवल गिराउनुका साथै सेवाग्राहीमा समेत असुरक्षा र त्रासको भावना सृजना भएको भन्दै विज्ञप्तिमा उक्त व्यक्तिलाई अबिलम्ब पक्राउ गरी कानुनी कारवाहीको लागि माग गरेका छन् ।
कर्मचारीको असुरक्षा साथै मनोवल गिराउने कार्यको कानुनी कारवाही नभएमा भानु नगरपालिकामा कार्यरत सम्पुण कर्मचारीहरुले सेवाप्रवाह बन्द गरी आन्दोलनको घोषणा गर्न बाध्य नपारियोस भनी नेपाल निजामती कर्मचारी यूनियनका अध्यक्ष शुशिल पण्डित र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष शिवराज मिश्र सहित कर्मचारीहरुले सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराएका छन् ।












