लायन्स क्लब अफ देवघाटको अध्यक्षमा अनिल मिश्र चयन

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १०

लायन्स क्लव अफ देवघाटको अध्यक्षमा अनिल मिश्र चयन भएका छन् । लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘आर’, क्लस्टर ५, नेपाल अन्तर्गत लायन्स क्लव अफ देवघाटको बुधबार सम्पन्न दोस्रो वार्षिक अधिवेशन तथा लायन्स वर्ष २०२६÷२०२७ को लागि नयाँ कार्यसमिति चयन कार्यक्रमबाट मिश्र अध्यक्षमा चयन भएका हुन् ।

क्लवको प्रथम उपाध्यक्षमा किरण सुवेदी, द्वित्तीय उपाध्यक्षमा रोशनदेव आचार्य, तृतीय उपाध्यक्षमा यालबहादुर गुरुङ, सचिवमा अर्जुन अधिकारी, कोषाध्यक्षमा अर्जुन प्रसाद अधिकारी र सह–सचिवमा दशरथ घिमिरे निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लायन प्रकाश सुवेदी रहेका थिए भने विशिष्ट अतिथिका रूपमा लायन सागर पराजुली रहेका थिए । सो अधिवेशनमा रिजन चेयरपर्सन, जोन चेयरपर्सन लगायत डिष्ट्रिक्ट ३२५ ‘आर’का लायन लिडरहरू तथा क्लबका सम्पूर्ण सदस्यहरूको उपस्थिति थियो ।

नव–निर्वाचित अध्यक्ष मिश्रले पदभार ग्रहण पश्चात् बोल्दै देवघाट क्षेत्रमा शिक्षा, स्वास्थ्य, वातावरण र मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी क्लबलाई नमूना क्लबको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रमुख अतिथि लायन प्रकाश सुवेदीले लायन्सको मूलमन्त्रलाई शिरोधार्य गर्दै समुदायको सेवामा समर्पित हुन नव–निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गरे ।

क्लबका अध्यक्ष आत्माराम पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । लायन्स क्लब अफ देवघाटको स्थापना सन् २०२४ मा भई निरन्तर सामाजिक सेवामा क्रियाशील रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको