घिरिङ गाउँपालिकाको न्यायीक समितिमा १२ उजुरी, ४ फस्र्यौट हुन बाँकी

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख १४

घिरिङ गाउँपालिकाको न्यायीक समितिमा चालु आर्थिक वर्षमा १२ वटा उजुरी रहेका छन् । चालु आर्थिक वर्षको साउन देखी चैत मसान्तसम्म दर्ता भएका नौ र अघिल्लो बर्षको जिम्मेबारी सरेर आएको तीन वटा गरि यस वर्ष १२ वटा उजुरी रहेको न्यायीक समितिकी संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारीले बताइन् ।

त्यसमध्ये आठ वटा उजुरी मेलमिलापको प्रक्रियाबाट फस्र्याैट भएका छन् भने चार वटा नियमित प्रक्रियामा रहेको संयोजक अधिकारीले जानकारी दिईन् । न्यायीक समितिमा परेका उजुरी मध्ये चार वटा मानाचामल र पालन पोषण सम्बन्धी रहेका छन् । त्यस्तै ज्याला मजदुरी सम्बन्धी ३ वटा, लेनदेनका दुई वटा, बाली नोक्सानी र कुटपिट सम्बन्धी एक/एक वटा उजुरी दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखी चैत मसान्तसम्म १८ वटा बैठक बसी प्राप्त उजुरीहरुको सम्बन्धमा छलफल र मेलमिलापको प्रक्रियामा लगिएको अधिकारीले जानकारी दिईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी