अपाङ्गता भएका बालबालिकाको निराशालाई आशामा बदल्दै ब्यासका स्रोत कक्षाहरू

Devghat Online

शेयर गरौ

इश्वर बास्तोला । तनहुँ, बैशाख १४

अपाङ्गता भएका बालबालिका र उनीहरूका अभिभावकमा रहेको निराशालाई चिर्दै समाजमा नयाँ भरोसा जगाउन ब्यास नगरपालिकाका स्रोत कक्षाहरू एकजुट भएका छन् । हालै सम्पन्न नगरपालिका अन्तर्गतका ६ वटा स्रोत विद्यालयहरूको आकस्मिक बैठकमा सहभागी वक्ताहरूले अपाङ्गता शिक्षालाई केवल ‘जागिर’ को रूपमा मात्र नहेरी मानवीय ‘सेवा’ को रूपमा लिनुपर्नेमा विशेष जोड दिएका छन् ।

चण्डिदेवी राष्ट्रिय माविका प्रअ रामचन्द्र पोख्रेलले बच्चा जन्मने बित्तिकै अस्पताल र बोर्डिङ स्कुल चहार्दा पनि सिकाइमा अपेक्षित सुधार नभएर थाकेका अभिभावकहरूलाई स्रोत कक्षाले नै जीवन जिउने नयाँ आधार दिनुपर्ने बताए । कोभिड–१९ को प्रभावपछि बौद्धिक अपाङ्गता भएका बालबालिकाको संख्या बढ्दै जाँदा यस्ता कक्षाहरूको भूमिका अझै महत्वपूर्ण भएको उनको भनाइ थियो ।

बैठकमा सहृदयी मञ्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीले लामो समयदेखिको वकालतपछि महेन्द्रज्योति माविमा रिक्त रहेको शिक्षक दरबन्दी खुल्न सफल भएको सुखद खबर सुनाउँदै यसले अपाङ्गता भएका व्यक्तिहरूलाई नै रोजगारी र आत्मसम्मान दिने बताइन् । बैठकमा सहभागी विभिन्न विद्यालयका शिक्षकहरूले भौतिक पूर्वाधार र सहयोगी जनशक्तिको अभावका बावजुद पनि आफूहरूले बालबालिकाको उज्ज्वल भविष्यका लागि निरन्तर संघर्ष गरिरहेको अनुभव सुनाएका थिए ।

विद्यार्थीलाई बोलाइने भाषाशैलीमा सुधार ल्याउनेदेखि ठूलो उमेरमा विद्यालय आउने बालबालिकाहरूको विशेष परीक्षण गर्ने सम्मका विषयमा बैठकमा गम्भीर छलफल भएको थियो । लेखाजोखा संयोजक ईश्वर बास्तोलाको सञ्चालन र कमला पौडेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकले अपाङ्गता भएका बालबालिकालाई समाजको मूल प्रवाहमा ल्याउन पालिका, विद्यालय र संघसंस्थाहरूको त्रिकोणात्मक सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता