देवघाट–आँपटारी सडकमा पर्ने २५ सालका रुख काटियो

Devghat Online

शेयर गरौ

चितवन । बैशाख २६

पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ । वन डिभिजन कार्यालय भरतपुरले (शुक्रबार) आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काट्न थालेको हो ।

डिभिजन वन कार्यालय चितवनले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन र देवघाट क्षेत्र विकास समितिको समन्वयमा कानुन सम्बत तरिकाले रुख कटान गरेको कार्यालयका प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए । ‘वन नियमावली २०७९ तेस्रो संशोधन ३६ (छ) अनुसार सडक, विद्युत, टेलिकम लगायतका विकास निर्माणका क्रममा जोखिम पर्ने रुखहरु काट्न पाइने नियम छ’ कार्यालय प्रमुख आचार्यले भने, ‘सोही नियम अनुसार आँपटारीदेखि देवघाट जोन सडकमा पर्ने रुख काट्न थालिएको हो ।’

आचार्यका अनुसार देवघाट क्षेत्र विकास समितिले ६२ वटा रुख काट्न माग गरेको थियो । यद्यपि प्राविधिकको मूल्यांकन अनुसार पहिलो चरणमा २५ वटा मात्र रुख काटिएको उनले बताए । आवश्यकता अनुसार काट्न मिल्ने रुख पछि काटिने आचार्यले जानकारी दिए ।

देवघाटधाम नेपालको प्रमुख मध्येको एक धार्मिक स्थल समेत हो । यस सडकमा दैनिक हजारौँ सवारीसधान गुड्ने गर्दछन् । सडकको बिचमा समेत रुख थिए । साँघुरो सडकमा रुख भएका कारण दुर्घटना हुने जोखिम समेत उच्च रहेको थियो । सडकमा देखिएको जोखिमलाई मध्येनजर गर्दै रुख काटिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

‘देवघाटमा तीर्थ गर्न जाने तथा मलामी जानेहरु धेरै हुन्छन् । रुखको कारणले हुने सवारी आवागमनमा देखिएको समस्या र दुर्घटनाको जोखिम निवारण गरिएको छ,’ प्रजिअ अर्यालले भने, ‘सडकमा देखिएको जोखिम आंशिक रुपमा भएपनि घट्नेछ ।’ रुखको जिवनभन्दा मानविय जिवनको मूल्य बढि हुनेभएकाले सडकमा काट्नै पर्ने रुखमा काटिएको उनको भनाई छ ।

डिभिजन वन कार्यालय चितवनले अन्य सडकमा जोखिममा रहेका अन्यत्रका सालका रुख पनि काट्ने जनाएको छ । टिकौली, भोजाड, र सिमलताल क्षेत्रको सडकमा पर्ने रुखहरु पनि काट्ने तयारी कार्यालयले गरेको छ । साथै काट्नुपर्ने अवस्थामा रहेका व्यक्तिका जमिनमा भएका सालका रुख पनि काटिने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बैशाख २४ पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध