तनहुँ । बैशाख २७
पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार दमौली आईपुगे । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको दर्शन गरि पोखरा फर्कने क्रममा पुर्वराजा शाह सपरिवार दमौली आईपुगेका हुन् । पुर्वराजा शाहले उनले दमौलीको सफासडकमा रहेको सिद्धार्थ होटलमा केही बेर आराम गरेका थिए ।




पूर्वराजा दमौली आउने जानकारी पाएपछि उनलाई हेर्न र स्वागत गर्न सिद्धार्थ होटल परिसरमा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । होटलबाट बाहिरिने क्रममा शाहले उपस्थित सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट र कुराकानी गरेका थिए । पुर्वराजा शाह दमौली आइपुग्दा सिद्धार्थ होटल वरपर सुरक्षा व्यवस्था कडा पारिएको थियो ।













