नेपाली सेनाद्वारा निर्मित पुस्तकालय र्याक देवघाटस्थित महेश सन्यास आश्रमलाई हस्तान्तरण

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २०

नेपाली सेनाको श्री नयाँ सबुज गणले निर्माण गरेको पुस्तकालय र्याक देवघाट गाउँपालिका–५ स्थित महेश सन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयलाई हस्तान्तरण गरिएको छ ।

रामानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयको सेवा विस्तारका लागि नेपाली सेनाले निर्माण गरेको उक्त व्यवस्थित पुस्तकालय र्याक मंगलबार हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत श्री नयाँ सबुज गणले निर्माण गरेको २५ हजार पुस्तक अट्ने क्षमता भएको पुस्तक र्याक मंगलबार एक औपचारिक कार्यक्रमबीच आश्रमलाई हस्तान्तरण गरिएको थियो ।

नेपाली सेनाको श्री नम्बर ७ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी विक्रम गुरुङले उक्त र्याक महेश सन्यास आश्रमका पिठाधीश एवं अध्यक्ष श्री १००८ स्वामी रमाणानन्द गिरी महाराजलाई हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा श्री नम्बर ७ वाहिनी अड्डाका प्रमुख सेनानी झलक लामा, श्री नयाँ सबुज गणका गणपति प्रमुख सेनानी सुदिप कुमार तामाङ, आश्रमका उपाध्यक्ष विश्वनाथ धिताल, आश्रम व्यवस्थापन समितिका सदस्य फणिन्द्र प्रसाद पौडेल, व्यवस्थापक युवराज दाहाल, शिक्षक, शिक्षार्थी, स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नेपाली सेनाका अनुसार रामानन्द अनुसन्धान केन्द्र एवं पुस्तकालयमा निर्माण गरिएको उक्त शीघ्र प्रभावी आयोजनाले ऐतिहासिक, धार्मिक तथा लोपोन्मुख पुस्तकहरूको संरक्षण एवं सम्बद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साथै धार्मिक तथा ऐतिहासिक विषयमा अध्ययन–अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक