तनहुँमा हालसम्म १५ हजार प्रतिष्ठानको आर्थिक गणना

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ १९

तनहुँ जिल्लामा हालसम्म १४ हजार ९२३ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न भएको छ । जिल्ला आर्थिक गणना समन्वय समिति तनहुँको दोस्रो बैठकमा दिईएको जानकारी अनुसार हालसम्म तनहुँ जिल्लामा उक्त संख्यामा आर्थिक गणना सम्पन्न भएको हो ।

जिल्ला आर्थिक गणना कार्यालयका अनुसार सोमबार सम्म तनहुँ जिल्लामा १४ हजार ९२३ प्रतिष्ठानहरूको गणना सम्पन्न भएको छ । आगामी असार ७ गतेसम्म सञ्चालन हुने स्थलगत तथ्याङ्क संकलनबाट १७ हजार ३६६ प्रतिष्ठान गणना गर्ने लक्ष्य राखिएको छ । पहिलो आर्थिक गणना, २०७५ मा तनहुँ जिल्लामा कुल १२ हजार ४३३ प्रतिष्ठानको गणना भएको थियो ।

२०७५ सालको गणनाको तुलनामा हालसम्म १२० प्रतिशत गणना भएको हो । लक्ष्यको तुलनामा भने हालसम्म ८६ प्रतिशत गणना सम्पन्न भएको जिल्ला आर्थिक गणना जिल्ला आर्थिक गणना समन्वय समितिका सदस्य सचिव एवं आर्थिक गणना अधिकारी ऋषिराम सिग्देलले जानकारी दिए ।

जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको अध्यक्षतामा सोमबार सम्पन्न भएको जिल्ला आर्थिक गणना समन्वय समितिको बैठकमा तनहुँ जिल्लामा हालसम्म आर्थिक गणनामा भएको प्रगतिको बारेमा समीक्षा गरिएको थियो ।

बैठकमा उपस्थित निजि क्षेत्रका सबै प्रतिनिधिहरूले राष्ट्रिय आर्थिक गणनामा कोही पनि नछुट्ने गरी सम्पन्न गर्नका लागि सदैव सहयोग र समन्वय गर्न तत्पर रहेको बताएका थिए । साथै, उक्त बैठकले स्थलगत गणनाको बाँकी अवधिमा सूचनामुलक सन्देशका लागि थप प्रचारप्रसार गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाल, कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँका प्रमुख अशोक खनाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेक बहादुर कार्की, ब्यास नपाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्ल, निर्माण व्यवसायी संघका अध्यक्ष यज्ञप्रसाद खनाल, तनहुँ होटल व्यवसायी संघका निवर्तमान अध्यक्ष दुर्गाविलास भट्टराई, व्यासभूमि यातायात समितिका अध्यक्ष बसन्त जिसि र जिल्ला आर्थिक गणना अधिकारी एवं सदस्य सचिव ऋषिराम सिग्देलको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुग्धवर्धक जडीबुटी तथा आयुर्वेदिक औषधि प्रवद्र्धन कार्यक्रम सम्पन्न

तनहुँ । जेठ १८ प्रदेश आयुर्वेद चिकित्सालय, तनहुँको आयोजनामा स्तनपान गराउने आमाहरूका लागि मातृ–शिशु स्वास्थ्य

म्याग्दे र गुल्मीको चन्द्रकोट गाउँपालिकाविच असल अभ्यास सम्बन्धि अनुभव आदान प्रदान

तनहुँ । जेठ १८ तनहुँको म्याग्दे गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिका विच पालिकाको असल अभ्यास