नीति, कार्यक्रम तथा बजेटका लागि राय सुझाव उपलब्ध गराउन देवघाटको अनुरोध

Devghat Online

शेयर गरौ

देवघाट । जेठ २०

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटका लागि राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ । गाउँपालिकाले बुधबार सुचना प्रकाशन गरि आगामी जेठ २६ गते भित्र राय सुझवा उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेपालको संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघिय र प्रादेशिक कानुनहरु, दिगो विकासका लक्ष्य, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन लगायतका मार्ग निर्देशनका रुपमा लिई गाउँपालिकाको आवश्यकता, स्रोत साधनको उपलब्धता र संस्थागत क्षमताका आधारमा आ.व. २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तयार गरिने गाउँपालिकाले जनाएको छ ।

तसर्थ उक्त प्रयोजनको लागि आगामी जेठ २६ गते भित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिन पर्ने विषयवस्तुहरुको बारेमा रचनात्मक राय सुझाव प्रदान गर्नुहुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पेशा व्यवसायी, सरकारी तथा गैर–सरकारी संघ–संस्था, पत्रकार एवम् बुद्धिजिबी वर्ग, तथा सम्पुर्ण गाउँपालिकावासीहरुमा अनुरोध गरिएको छ ।

आफ्नो राय सुझाव गाउँपालिकाको इमेल devghat.ruralmun@gmail.com मार्फत वा कार्यालयमा भौतिक रुपमा उपस्थित भएर उपलब्ध गराउन प्रमुख प्रशासकीय अधिकृत प्रधुब्न कुमार खड्काले सुचना प्रकाशित गरि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक