नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव उपलब्ध गराउन भिमादको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटको लागि राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा सम्वन्धी कार्य भैरहेको भन्दै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने विषयहरुको सम्वन्धमा आफ्ना अमुल्य सुझावहरू जेठ २७ गतेसम्म उपलब्ध गराउन विभिन्न संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारकर्मी तथा आम नागरिकमा अनुरोध गरेको छ ।

आफ्ना सुझावहरु क्युआर कोडमा दिएको सुझाव संकलन पोर्टल मार्फत वा गुगल फर्म मार्फत तथा कार्यालयको इमेल bhimadmunicipality@gmail.com मा समेत पठाउन सकिने नगर प्रमुख दधिराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई