नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव उपलब्ध गराउन भिमादको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २०

भिमाद नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटको लागि राय सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा सम्वन्धी कार्य भैरहेको भन्दै नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न उपयुक्त हुने विषयहरुको सम्वन्धमा आफ्ना अमुल्य सुझावहरू जेठ २७ गतेसम्म उपलब्ध गराउन विभिन्न संघ–संस्था, बुद्धिजीवी, विज्ञ, राजनैतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारकर्मी तथा आम नागरिकमा अनुरोध गरेको छ ।

आफ्ना सुझावहरु क्युआर कोडमा दिएको सुझाव संकलन पोर्टल मार्फत वा गुगल फर्म मार्फत तथा कार्यालयको इमेल bhimadmunicipality@gmail.com मा समेत पठाउन सकिने नगर प्रमुख दधिराज सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले