खाद्य स्वच्छता दिवसको अवसरमा सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २४

विश्व खाद्य स्वच्छता दिवस २०२६ को अवसरमा आइतबार दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको आयोजना तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको समन्वयमा खाद्य स्वच्छता, गुणस्तर तथा असल अभ्यास सम्बन्धि व्यवसायी सचेतना कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष सबैतिर ‘स्वच्छ खानपानः खाद्यजन्य समस्याको समाधान’ भन्ने मुल नारका साथ यो दिवस मनाईएको हो ।

सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३ औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार जुन ७ तारिखको दिन आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सबैले कानुनको पालना गरेर व्यवसाय सन्चालन गर्नुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा खाद्य डिभिजन अधिकृत ज्योति आचार्य र खाद्य निरीक्षक सन्तोष थापाले खाद्य स्वच्छता, गुणस्तर, खाद्य व्यवसायीको दायित्व तथा होटल–रेष्टुरेन्टले पालना गर्नुपर्ने मापदण्डबारे जानकारी गराएका थिए ।

सो कार्यक्रममा कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले विषादीको प्रयोगबाट मानव जीवनमा हुने असरको बारेमा जानकारी गराएका थिए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्लले व्यवसायीहरुले खाद्य सुरक्षा र स्वच्छतामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, होटल तथा खाद्यान्न व्यवसायीसहित सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल