खाद्य स्वच्छता दिवसको अवसरमा सचेतना कार्यक्रम

Devghat Online

शेयर गरौ

तनहुँ । जेठ २४

विश्व खाद्य स्वच्छता दिवस २०२६ को अवसरमा आइतबार दमौलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीको आयोजना तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको समन्वयमा खाद्य स्वच्छता, गुणस्तर तथा असल अभ्यास सम्बन्धि व्यवसायी सचेतना कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष सबैतिर ‘स्वच्छ खानपानः खाद्यजन्य समस्याको समाधान’ भन्ने मुल नारका साथ यो दिवस मनाईएको हो ।

सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३ औँ महासभाले सन् २०१९ देखि हरेक वर्ष जुन ७ तारिखका दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुसार जुन ७ तारिखको दिन आइतबार उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सबैले कानुनको पालना गरेर व्यवसाय सन्चालन गर्नुपर्ने र उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित उक्त कार्यक्रममा खाद्य डिभिजन अधिकृत ज्योति आचार्य र खाद्य निरीक्षक सन्तोष थापाले खाद्य स्वच्छता, गुणस्तर, खाद्य व्यवसायीको दायित्व तथा होटल–रेष्टुरेन्टले पालना गर्नुपर्ने मापदण्डबारे जानकारी गराएका थिए ।

सो कार्यक्रममा कृषि विकास कार्यालय तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले विषादीको प्रयोगबाट मानव जीवनमा हुने असरको बारेमा जानकारी गराएका थिए । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्लले व्यवसायीहरुले खाद्य सुरक्षा र स्वच्छतामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ, होटल तथा खाद्यान्न व्यवसायीसहित सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

नागढुंगा सुरुङमार्गमा मेरो भूमिकाः एउटा अविस्मरणीय यात्रा

इन्जिनियर श्रीराम न्यौपाने नेपालको पूर्वाधार विकासको इतिहासमा महत्वपूर्ण अध्यायका रूपमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनामा प्रत्यक्ष

आदिकवि क्याम्पस र एकदेव प्रतिष्ठानबीच अन्तरक्रिया सम्पन्नः समावेशी र डिजिटल पुस्तकालय निर्माणमा सहकार्य गरिने

तनहुँ । साउन १० व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच

तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

तनहुँ । साउन १० तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा