देवघाटमा हुलाकमार्फत राहदानी वितरण सेवा सुरु, पहिलो दिन ११ जनाले पाए सेवा

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, असार ६

देवघाट गाउँपालिकामा हुलाकमार्फत घरदैलोमै राहदानी वितरण सेवा सुरु गरिएको छ । सेवाको पहिलो दिन गाउँपालिकाका विभिन्न वडाका ११ जना सेवाग्राहीलाई राहदानी वितरण गरिएको देवघाट हुलाक कार्यालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एकसय कार्यसूचीहरुको बुँदा नम्बर २७ मा रहेको ‘सरकारी सेवा घरमै पु¥याउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाको रुपमा विकास गर्ने र जसबाट पासपोर्ट, नागरिकता प्रतिलिपी, लाईसेन्स लगायतका सरकारी कागजातहरु घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने’ प्रावधान रहेको थियो ।

सोही प्रावधान अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्ला हुलाक कार्यालय र मातहतका पालिका हुलाक कार्यालयसँगको सहकार्यमा यस्तो सेवा जिल्लाका सबै पालिकामा शुरु गरेको हो । जिल्ला हुलाक कार्यालय तनहुँले जिल्ला प्रशासन कार्यालयबाट राहदानीहरु बुझी पालिका हुलाक कार्यालय मार्फत सेवाग्राहीको घर–घरमै पुगेर राहदानी वितरण गरिरहेको छ ।

देवघाट हुलाक कार्यालयका प्रमुख गणेश ढकालका अनुसार राहदानी विभागबाट प्राप्त राहदानीहरू सम्बन्धित सेवाग्राहीको ठेगानामै सुरक्षित रूपमा पु¥याउने कार्य सुरु भएको हो । यस सेवाले नागरिकलाई राहदानी प्राप्त गर्न थप सहज, छिटो र प्रभावकारी वातावरण सिर्जना गर्ने विश्वास उनले व्यक्त गरे ।

प्रमुख ढकालका अनुसार पहिलो दिन वडा नम्बर १ का २ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का ८ जना गरी कुल ११ जना सेवाग्राहीलाई राहदानी वितरण गरिएको छ । आगामी दिनमा प्राप्त हुने राहदानीहरू पनि सम्बन्धित व्यक्तिको घरमै पुगेर वितरण गरिने उनले जानकारी दिए ।

‘हुलाक सेवा अब केवल चिठीपत्र आदानप्रदानमा मात्र सीमित छैन। नागरिकका महत्वपूर्ण कागजातहरू सुरक्षित र भरपर्दो रूपमा घरदैलोमै पु¥याउने जिम्मेवारी पनि हामीले निर्वाह गरिरहेका छौं’ प्रमुख ढकालले बताए ।

राहदानी लिनका लागि जिल्ला सदरमुकाम वा अन्य स्थानसम्म पुग्नुपर्ने झन्झट कम हुँदै गएको भन्दै स्थानीयवासीले यस सेवाको स्वागत गरेका छन् । हुलाकमार्फत राहदानी वितरण सेवाले समय, खर्च र श्रमको बचत हुने अपेक्षा गरिएको छ , देवघाट हुलाक कार्यालयले राहदानी प्राप्त गर्ने सेवाग्राहीलाई आवश्यक जानकारी तथा समन्वयका लागि कार्यालयसँग सम्पर्कमा रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी