शुक्लागण्डकीमा हलगोरु पाल्ने किसानलाई अनुदान

Devghat Online

शेयर गरौ

तनहुँ । असार ६

शुक्लागण्डकी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिन थालेको छ । २०८२ चैतमा सूचना प्रकाशित गरेर अनुदानका लागि आह्वान गरेको नगरपालिकाले बिहीबारदेखि वितरण थालेको हो।

नगरपालिकाले शुक्लागण्डकी–१२ का हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको छ । ३९ जना किसानलाई ५ हजार रुपैयाँका दरले अनुदान वितरण गरिएको छ । शुक्लागण्डकी–१२ का वडाध्यक्ष इन्द्र गुरुङ, पशु सेवा शाखाका प्रमुख झलककृष्ण भण्डारी, पशु स्वास्थ्य प्राधिविक हरिप्रसाद अधिकारी लगायतको टोलीले किसानलाई अनुदान वितरण गरे ।

सुरुमा १० हजार रुपैयाँ दिने भनिएपनि बजेटको अभाव भएपछि ५ हजार रुपैयाँमा झारिएको छ । आवेदन माग गरेपछि शुक्लागण्डकीभरका ४३५ किसानले आवश्यक कागजपत्रसहित पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटमा पालिका स्तरीय अपाङ्ग सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

देवघाट । असार ३ देवघाट गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र सहभागिता सुनिश्चित गर्ने

गलेश्वर आश्रमले मनायो १०० औं वार्षिकोत्सव तथा गलेश्वर बाबाको ५१ औं स्मृति दिवस

देवघाट । असार २ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी