तनहुँ जिल्ला प्रशासनको कार्यसम्पादनमा सुधार

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा कार्यसम्पादनमा उल्लेखनीय सुधार गरेको छ । नेपाल सरकारको गृह मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को कार्यसम्पादन सूचक मूल्याङ्कन प्रतिवेदनअनुसार तनहुँ जिल्ला प्रशासन कार्यालय दोश्रो त्रैमासिकको २१ औँ स्थानबाट तेस्रो त्रैमासिकमा १७ औँ स्थानमा पुग्न सफल भएको हो ।

प्रतिवेदन अनुसार पहिलो त्रैमासिकमा देशभरका ७७ जिल्ला प्रशासन कार्यालयमध्ये ३९ औँ स्थानमा रहेको तनहुँले दोस्रो त्रैमासिकमा २१ औँ स्थान हासिल गरेको थियो । कार्यालय तेस्रो त्रैमासिकमा थप चार स्थान उक्लेर १७ औँ स्थानमा पुगेको हो । यससँगै पहिलो त्रैमासिकको तुलनामा तेस्रो त्रैमासिकसम्म आइपुग्दा तनहुँको कार्यसम्पादन श्रेणीमा २२ स्थानको सुधार भएको देखिएको छ ।

गृह मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा सबै प्रमुख जिल्ला अधिकारीसँग कार्यसम्पादन सम्झौता गर्ने तथा सोही सम्झौताका आधारमा त्रैमासिक रूपमा मूल्याङ्कन गर्ने व्यवस्था रहेको छ । शान्ति सुरक्षा व्यवस्थापन, सुशासन प्रवद्र्धन, विकास निर्माणमा समन्वय, विपद् व्यवस्थापन तथा नागरिक सेवा प्रवाहलगायतका सूचकका आधारमा जिल्ला प्रशासन कार्यालयहरूको कार्यसम्पादन मूल्याङ्कन गरिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँका वन समुह र व्यक्तिलाई राष्ट्रिय वन पुरस्कार, डिभिजन वन कार्यालय सम्मानित

तनहुँ । साउन २५ वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा

तनहुँ हाइड्रोको सहयोगमा दीपक माविको नयाँ भवन निर्माण

तनहुँ । साउन २५ तनहुँ जलविद्युत आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत भीमाद नगरपालिका–५, ऋषिङपाटनस्थित दीपक माध्यमिक