वर्षाका कारण भिमादमा घर भत्कियो

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

अविरल वर्षाको कारण भिमाद नगरपालिकामा एक घर भत्किएर क्षति भएको छ । भिमाद नगरपालिका–८ अरौदीस्थित तुलसीप्रसाद श्रेष्ठको ढुङ्गामाटोले बनेको दुई तले घर वर्षाले गर्दा भत्किएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिहीबार राति अविरल वर्षाका कारण घरको गारो भत्किएर क्षति भएको खबर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली खटाइएको थियो ।

वर्षाका कारण घर भत्किएर भौतिक क्षति भए तापनि कुनै मानवीय क्षति भने नभएको प्रनाउ घिमिरेले जानकारी दिए । प्रहरीले स्थानीयवासीको सहयोगमा पीडित परिवारको उद्धार तथा क्षतिको थप विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले