वर्षाका कारण भिमादमा घर भत्कियो

Devghat Online

शेयर गरौ

तनहुँ । असार १३

अविरल वर्षाको कारण भिमाद नगरपालिकामा एक घर भत्किएर क्षति भएको छ । भिमाद नगरपालिका–८ अरौदीस्थित तुलसीप्रसाद श्रेष्ठको ढुङ्गामाटोले बनेको दुई तले घर वर्षाले गर्दा भत्किएको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार बिहीबार राति अविरल वर्षाका कारण घरको गारो भत्किएर क्षति भएको खबर प्राप्त हुनासाथ तत्काल घटनास्थलमा प्रहरी टोली खटाइएको थियो ।

वर्षाका कारण घर भत्किएर भौतिक क्षति भए तापनि कुनै मानवीय क्षति भने नभएको प्रनाउ घिमिरेले जानकारी दिए । प्रहरीले स्थानीयवासीको सहयोगमा पीडित परिवारको उद्धार तथा क्षतिको थप विवरण सङ्कलन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता