१० होटलको अनुगमन र स्तरिकरण प्रमाणित

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

व्यास नगरपालिका क्षेत्र भित्र रहेका होटलहरुको अनुगमन र स्तरिकरण प्रमाणित गरिएको छ । सोमबार १० वटा होटलहरुको अनुमगन गरिएको थियो । आइतबार १८ वटा होटलको अनुगमन पश्चात होटलहरुको गुणस्तरको आधारमा स्टिकर प्रदान गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले जनाएको छ ।

आइतबार व्यास नगरपालिका क्षेत्रमा पर्ने पृथ्वीराजमार्गका १८ वटा होटलहरुको अनुगमन गरिएकोमा १३ वटा होटल ग्रेडिङमा पर्न सफल भएको थियो भने सोमबार १० वटा होटलको निरीक्षण गरेकोमा ७ स्तरीकरणमा परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

सोमबार अनुगमन गरिएको होटलहरुमा सःस इन र न्यू माछापुच्छ्रे« होटल व्यास ४ ले २ वटा हरियो एक तारा (मध्यम) स्टिकर पाएको छ । त्यस्तै अन्य ५ वटाले पहेँलो (सामान्य) पाउन सफल भएका छन् । सामान्य स्तरका होटलहरुमा होटल रिभर भ्यू, व्यास ५, टिका तास रेष्टुरेण्ट, व्यास ४, न्यू थकाली भान्सा घर, व्यास ४, सापकोटा भान्सा घर एण्ड लज, व्यास ४, भोर्लेटार चोक र होटल रोयल हाउस, व्यास २, बागबजार रहेका छन् ।

सोमबार चौतारी होटल, न्यू मार्फाली होटल र शर्मिला आमा थकाली भान्सा घर लजमा २० बुँदा वाला स्टीकर मात्र टाँस गरिएको थियो । यससँगै दुई दिनमा कूल २८ वटा स्तरीकरण गर्न योग्य हाइवे होटल रेष्टुरेण्टहरुको निरीक्षण गर्दा २० वटा स्तरीकरणमा पर्न सफल भएका छन् ।

स्तरीकरणमा ग्रेड वृद्धि गर्न चाहने होटल रेष्टुरेण्टले सरसफाई, फ्रिज व्यवस्थापन, किचन संरचना, र स्वच्छता सम्बन्धी अभिलेख प्रणालीमा निर्देशिका बमोजिम आवश्यक सुधार गरी साउन १ गते पछि कार्यालयमा निवेदन दिन सकिने कार्यालयले जनाएको छ ।

ती लगायत यस अघि भएका होटलहरूमा पनि माग भएमा पुनः निरीक्षण गरिने र उपभोक्ताले ढुक्कसँग स्वच्छ खाना खान पाउने अधिकार सुनिश्चित गर्न यो अभियान सञ्चालन गरिएको कार्यालयका प्रमुख ज्योती आचार्यले बताए । स्थानीय तहले चाहेमा कानुन बनाएर नै स्तरीकरण गर्नुपर्ने कुरालाई बाध्यकारी बनाउन सकिने र यसले स्वच्छता र गुणस्तरलाई सुनिश्चितता गर्ने आर्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय