सहकारी संघको सहयोगार्थ ‘लक्ष्मी प्रसाद’ को च्यारिटी शो गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । असार १५

जिल्ला सहकारी संघ, तनहुँले संघको सहयोगार्थ सहकारीसँग सम्बन्धित नेपाली चलचित्र ‘लक्ष्मी प्रसाद’ को च्यारिटी शो गर्ने भएको छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारेर यही असार २१ गते दमौलीमा उक्त चलचित्रको च्यारिटी शो गर्न लागिएको जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

संघले आफ्नो आर्थिक व्यवस्थापन, कार्यालयीय व्यवस्थापन र नेपालको सहकारी आन्दोलनका प्रथम पुरुष वखान सिं गुरुङको शालिक निर्माणको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले असार २१ गते उक्त चलचित्र प्रर्दशन गरिने अध्यक्ष अधिकारीले बताए ।

अन्तराष्ट्रिय सहकारी दिवसको अवसर पारी सहकारीको विषयवस्तुसँग सम्वन्धित उक्त चलचित्र लक्ष्मी प्रसादको च्यारीटीको लागि प्रति टिकटको मुल्य रु. १० हजार तोकिएको संघले जनाएको छ । जिल्लाका सहकारी संघ संस्थाले आफ्नो सस्थाको क्षमताको आधारमा टिकट खरिद गरी सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएको अध्यक्ष अधिकारीले बताए ।

जिल्ला सहकारी संघ तनहुँका सहकारीहरुको साझा छाता संगठन भएको र २०३१ सालमा स्थापना भई २०३४ सालबाट आफ्ना गतिविधि सन्चालन गर्न पाउने अनुमती पाएको यस संघले तनहुँको सहकारी प्रवद्र्धन, विकास, वजारीकरण र व्यवसायी करणका कामहरुमा सहयोग गर्दै आएको अध्यक्ष अधिकारीले बताए ।

भोलीका दिनमा पनि सहकारी आन्दोलनलाई व्यवस्थित, मर्यादित, अनुशासित र विधिसंवत ढंगवाट अगाडी बढाउनका लागी अझ जिम्वेवारीका साथ प्रस्तुत हुनपर्ने दायित्व महसुस गरेको र यसकालागी संघ आफै आर्थिक र भौतिक रुपमा व्यवस्थीत र सक्षम हुन आवस्यक रहेको हुँदा संघको आर्थिक सहयोगको लागि उक्त चलचित्रको च्यारिटी शो गर्न लागिएको अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय