कलेस्तीपुलमा बस दुर्घटनाः चालकसहित १७ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ५

व्यास मार्गअन्तर्गत व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३ः१५ बजे बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी बस चालक व्यास नगरपालिका–२ का शम्सेर नेपाली गम्भीर घाइते भएका छन् । दुर्घटनालगत्तै बसको स्टेरिङ र चालक सिटको बीचमा च्यापिएका चालक नेपालीलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमौली पठाएको थियो ।

दुर्घटनामा परि घाइतेहुनेहरुमा व्यास ४ की ६० बर्षीया श्रीमाया परियार, लमजुङ मध्यनेपाल १ बस्ने बर्ष ३५ की शान्ता गौतम, सोही नपा ४ की बर्ष ३२ की निरा गौतम, सोही ठाउँकी बर्ष २९ की सुस्मिता साही, व्यास ११ की बर्ष ६० की चन्द्रमाया गुरुङ, व्यास २ बस्ने बर्ष ४७ की अनिता गुरुङ, सोही ठाउँ बस्ने बर्ष ४९ की बिन्दु गुरुङ र कास्की रुपा गापा १ बस्ने बर्ष ५० की स्वस्तिकला खनाल रहेकी छिन् ।

त्यसैगरि अन्य घाइतेहरुमा ब्यास ६ बस्ने बर्ष २७ की सुजिता पौडेल, व्यास १ बस्ने बर्ष ८ की सान्भि गिरि, सोही ठाउँकी बर्ष ४० की दिपा खान, बर्ष ५१ की सिता नेपाली, बर्ष ३५ की हिरा मल्ल, बर्ष ४४ की नुनिमाया थापा, वर्ष ४५ की लक्ष्मी शाही र लमजुङ मध्यनेपाल नपा ९ बस्ने बर्ष ३० को श्रीमान बुढा रहेका छन् । उनीहरुको केहीको प्रदेश अस्पताल दमौली र केहीको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी द्वारिकाप्रसाद घिमिरेको कमान्डमा ट्राफिक प्रहरी सहित १७ जनाको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो । प्रहरी नायब उपरीक्षक घिमिरेका अनुसार बसमा करिब २५ जना यात्रु सवार थिए । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनापछि केही समय उक्त सडक अवरुद्ध भएकोमा प्रहरीले दुर्घटना भएको बसलाई हटाएपछि सडक सुचारु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका