विपी स्मृति दिवसमा देवघाटमा वृक्षारोपणसँगै अपाङ्गता भएका बालकलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । साउन ६

जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस देवघाट गाउँपालिका–५ वडा कार्यसमितिले वृक्षारोपण कार्यक्रम सञ्चालन गर्नुका साथै अपाङ्ग बालकलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए । प्रकृतिको संरक्षण र भावी पुस्ताप्रतिको जिम्मेवारीलाई आत्मसात् गर्दै गरिएको यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन् ।

यसै अवसरमा देवघाट–५ कालिमाटी निवासी अपाङ्ग बालक रोमन गुरुङको खुट्टाको शल्यक्रियाका लागि नेपाली कांग्रेस देवघाटको तर्फबाट रु.२३ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । कठिन परिस्थितिमा रहेको एक परिवारलाई गरिएको यो सहयोगले राजनीति केवल सत्ता प्राप्तिको माध्यम नभई समाजको दुःखमा साथ दिने मानवीय अभियान पनि हो भन्ने सन्देश दिएको छ ।

कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले विपी कोइरालाले स्थापित गरेको मानवता, सेवा र सामाजिक न्यायको आदर्शलाई व्यवहारमा उतार्न सके मात्रै उनको स्मृतिप्रति सच्चा सम्मान हुने बताए । समाजका असहाय, अपाङ्ग तथा आर्थिक रूपमा कमजोर नागरिकको पीडामा साथ दिनु नै वास्तविक राजनीति र जनसेवाको उच्च उदाहरण भएको उनको भनाइ थियो ।

सहयोग ग्रहण गर्दै रोमन गुरुङका परिवारले नेपाली कांग्रेस देवघाट वडा कार्यसमिति तथा सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै यस्तो सहयोगले कठिन घडीमा उपचारप्रति नयाँ आशा र हौसला प्रदान गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका