कैद र जरिवाना तोकिएका फरार प्रतिवादी म्याग्देबाट पक्राउ, कारागार चलान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

अदालतबाट कैद र जरिवाना सजाय ठहर भई फरार रहेका एक जना प्रतिवादीलाई प्रहरीले म्याग्दे गाउँपालिकाबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँ मातहत रहेको प्रहरी चौकी थर्पुबाट खटिएको विशेष प्रहरी टोलीले साउन ५ गते म्याग्दे गाउँपालिका वडा नम्बर ४ बाट ती पुरुषलाई पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला अदालत तनहुँको फैसलाले एक महिना कैद सजाय र ३ हजार रुपियाँ जरिवाना तोकेको थियो । अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी फरार रहँदै आएका थिए ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएको र अदालतको आदेशानुसार कैद सजाय भुक्तानका लागि जिल्ला कारागार तनहुँ चालान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) द्वारिका प्रसाद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

शोकदिवसः सन्देश, श्रद्धाञ्जलि र प्रार्थना, प्रकृतिप्रति क्षमायाचना र मृतकहरूप्रति श्रद्धासुमन

रमणानन्द गिरि हिमालको सर्वोच्चताले सुशोभित भएको देश केवल सभ्यता र संस्कृतिमा अग्रणीमात्र हुँदो रहेनछ, संसारभरिका