तनहुँ–२ का सांसद न्यौपानेद्वारा ३ महिनामा ४२ वटा जनसंवाद, श्रावण १ देखि ‘विकास संवाद’ सुरु

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

तनहुँ क्षेत्र नम्बर २ का सांसद इन्जिनियर श्रीराम न्यौपानेले निर्वाचनका क्रममा जनतामाझ गरेका प्रतिबद्धताहरू क्रमैसँग कार्यान्वयन भइरहेको बताएका छन् । सरकार गठनपछिको ३ महिनाको अवधिमा तनहुँ–२ मा ४२ वटा जनसंवाद तथा भेटघाट कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भइसकेको उनले जानकारी दिएका छन् ।

जनतासँग निरन्तर जोडिने र उनीहरूका समस्या प्रत्यक्ष सुन्ने उद्देश्यका साथ एक वर्षभित्र कम्तीमा १४४ वटा जनसंवाद कार्यक्रम आयोजना गर्ने लक्ष्यसहित आफू अगाडि बढिरहेको सांसद न्यौपानेले स्पष्ट पारेका छन् ।

यसैबिच, क्षेत्रको समग्र विकास निर्माणमा पारदर्शिता र गति बढाउने प्रतिबद्धता जनाउँदै सांसद न्यौपानेले गत श्रावण १ गतेदेखि निरन्तर ‘विकास संवाद कार्यक्रम’ सुरु गरेको घोषणा गरेका छन् ।

यस कार्यक्रममार्फत ९० प्रतिशतभन्दा बढी गुणस्तरीय पूँजीगत खर्चको लक्ष्य राखिने र प्रत्येक ३/३ महिनामा विकास खर्चको प्रगति विवरण जनतामाझ सार्वजनिक गरिने उनले जानकारी दिएका छन् । यसले विकास निर्माणका काममा पारदर्शिता कायम भई योजनाहरू समयमै र गुणस्तरीय ढङ्गले सम्पन्न हुन मद्दत पुग्ने विश्वास लिइएको सांसद न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती