चौतर्फी आलोचनापछि दुलेगौँडा–हर्कपुर सडक मर्मत, स्थानीयद्वारा श्रमदान

Devghat Online

शेयर गरौ

तनहुँ । साउन १०

दुलेगौँडा–हर्कपुर मोटरमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ उदेनढुंगामा बिग्रिएर बिजोग बनेको सडक मर्मत गरिएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ को कार्यालयको विशेष पहल र स्थानीय बासिन्दाको श्रमदानमा आइतबार सो सडक मर्मत गरिएको हो ।

लामो समयदेखि सडक बिग्रिएर हिलो र खाल्डोका कारण सर्वसाधारण तथा सवारी चालकहरूले निकै सास्ती व्यहोर्दै आएका थिए । निर्माणको जिम्मा पाएको शंकरमाली कन्स्ट्रक्सनले समयमै काम नगर्दा सो सडकखण्ड अस्तव्यस्त बनेको थियो । सडकको बिजोग अवस्थालाई लिएर जनप्रतिनिधि र ठेकेदार कम्पनीविरुद्ध स्थानीय स्तरमा चौतर्फी आलोचना र विरोध भएपछि वडा कार्यालयले अग्रसरता देखाएको हो ।

सडक मर्मत कार्यमा वडा कार्यालयको टोलीसँगै स्थानीय बासिन्दाहरूले पनि उत्साहजनक रूपमा खटिएर श्रमदान गरेका थिए । उदेनढुंगाको मुख्य समस्याग्रस्त क्षेत्रमा खाल्डाखुल्डी पुर्ने र बाटो सहज बनाउने काम गरिएपछि अहिले सवारी साधन सञ्चालन र पैदलयात्रुलाई आवतजावतमा केही राहत मिलेको छ ।

यद्यपि, यो अस्थायी मर्मत मात्र भएकाले ठेकेदार कम्पनी शंकरमाली कन्स्ट्रक्सनलाई तुरुन्तै जिम्मेवार बनाएर सडकको पूर्ण र गुणस्तरीय निर्माण कार्य अगाडि बढाउन स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित

भोटेकोसी बाढीका बेपत्ताको खोजीमा त्रिशूलीसम्म कुकुरसहितको संयुक्त प्रहरी टोली परिचालन

तनहुँ । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र बेपत्ता व्यक्तिहरूको

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता