कालिका माविका भूपू विद्यार्थीबाट सयपत्री फूलको विरुवा वितरण

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १७

पढाइसँगै व्यवहारिक ज्ञान र आत्मनिर्भरताको संस्कार विकास गर्ने उद्देश्यले देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयका भूपू विद्यार्थीहरूले स्थानीय दुई विद्यालयलाई सयपत्री फूलका बिरुवा वितरण गरेका छन् ।

कार्यक्रम अन्तर्गत देवघाट गाउँपालिका–५ स्थित वज्रयोगिनी माध्यमिक विद्यालय र कालिका माध्यमिक विद्यालयलाई पाँच सय–पाँच सय गरी जम्मा एक हजार सयपत्री फूलका बिरुवा वितरण गरिएको हो ।

फूल वितरण कार्यक्रमका क्रममा कालिका माध्यमिक विद्यालयका भूपू विद्यार्थी संघका अध्यक्ष विकास ढकालले आजको विद्यार्थी केवल किताबी ज्ञानमा सीमित नभई व्यवहारिक, सिर्जनशील र आत्मनिर्भर बन्नुपर्ने सन्देश दिन यो अभियान सञ्चालन गरिएको बताए । ‘विद्यार्थीले पढाइसँगै श्रम, उत्पादन र आम्दानीसँग पनि जोडिन सिक्नुपर्छ’ अध्यक्ष ढकालले भने, ‘आफ्नै हातले रोपेको फूलको हेरचाह गरी उत्पादनबाट आम्दानी गर्न सकिन्छ भन्ने अनुभव विद्यार्थीलाई दिलाउन फूल वितरण गरिएको हो ।’

उनका अनुसार विद्यार्थीहरूले सयपत्री फूलको उत्पादन तथा बिक्रीबाट प्राप्त हुने आम्दानी स्वयं विद्यार्थीहरूले नै पाउने व्यवस्था गरिएको छ । यसले विद्यार्थीमा श्रमप्रतिको सम्मान, उत्पादनप्रतिको रुचि र आत्मनिर्भरताको भावना विकास हुने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भोटेकोसी बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक वेपत्ता, वेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाको अनुरोध

तनहुँ । भदौ १६ गत भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी

कालिका माविका विद्यार्थीहरुद्वारा बाढी पीडितलाई सहयोग

देवघाट । भदौ १६ देवघाट गाउँपालिका–५ स्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले रसुवा बाढीपीडितहरूको सहयोगार्थ