दुई दशकदेखि देवघाटमा साधनारत शर्मा ‘पुस्तकालय सम्मान–२०८३’ बाट सम्मानित

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १७

स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका–६, फापरथुम स्थायी घर भई विगत दुई दशकदेखि देवघाटधाममा साधनारत देवघाट सार्वजनिक पुस्तकालयका आजीवन सदस्य डिल्लीराज शर्मा ढकाल ‘पुस्तकालय सम्मान–२०८३’ बाट सम्मानित भएका छन् ।

१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देवघाट सार्वजनिक पुस्तकालयको संरक्षण, विकास तथा समाजमा पठन संस्कृतिको निर्माणमा उनले पु¥याउँदै आएको निरन्तर योगदानको उच्च मूल्याङ्कन गर्दै शर्मालाई सम्मान गरिएको हो । देवघाट सार्वजनिक पुस्तकालयका पूर्वअध्यक्ष शिवराज पौडेलले शर्मा लामो समयदेखि पुस्तकालयको विकास, संरक्षण र ज्ञानमूलक गतिविधिको प्रवद्र्धनमा सक्रिय रहँदै आएको बताए ।

देवघाटधामको सामाजिक, आध्यात्मिक तथा बौद्धिक क्षेत्रमा समेत परिचित व्यक्तित्वका रूपमा रहेका शर्माले पुस्तकालयलाई केवल पुस्तक सङ्ग्रह गर्ने स्थानका रूपमा सीमित नराखी ज्ञान, चेतना र सामाजिक रूपान्तरणको केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याएको पौडेलले बताए ।

पौडेलका अनुसार देवघाटधाममा दुई दशकदेखि साधनारत रहँदै सामाजिक, आध्यात्मिक र बौद्धिक चेतनाको क्षेत्रमा सक्रिय शर्माले पुस्तकालयप्रति देखाएको समर्पण र निरन्तर योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ