देवघाट सार्वजानिक पुस्तकालयलाई एक लाख रुपैयाँ सहयोग

Devghat Online

शेयर गरौ

देवघाट । भदौ १७

निर्माणणाधीन देवघाट सार्वजनिक पुस्तकालयको बाँकी भौतिक तथा व्यवस्थापकीय कार्य सम्पन्न गर्न देवघाट सामुदायिक सिकाइ केन्द्रले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय पुस्तकालय दिवस २०८३ को शुभ अवसरमा सिकाइ केन्द्रले पुस्तकालयको भवन निर्माण एवम् व्यवस्थापनका लागि सो रकम बराबरको चेक हस्तान्तरण गरेको हो । देवघाट सामुदायिक सिकाइ केन्द्रका निर्वतमान अध्यक्ष जयकृष्ण सुवेदीले देवघाट सार्वजनिक पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष फणिन्द्र पौडेललाई सो रकमको चेक हस्तान्तरण गरेका थिए ।

पुस्तकालयको अधुरो काम सम्पन्न गर्नका लागि प्राप्त यस आर्थिक सहयोगप्रति देवघाट सार्वजनिक पुस्तकालय व्यवस्थापन समितिले सिकाइ केन्द्रलाई विशेष धन्यवाद दिँदै आभार प्रकट गरेको छ । स्थानीयस्तरमा ज्ञानको अभिवृद्धि र पठन संस्कृतिको विकासका लागि निर्माण भइरहेको यो पुस्तकालय सञ्चालनमा आएपछि देवघाट क्षेत्रका अध्ययनशील नागरिक तथा विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने पुस्तकालयका अध्यक्ष पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले