बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

Devghat Online

शेयर गरौ

देवघाट । भदौ २१

भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता भएकाहरूको खोजतलास एवं उद्धारको प्रार्थना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटधाममा विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।

आज भदौ २२ गते सोमबार देवघाटस्थित पवित्र त्रिशूल र कालिगण्डकी नदीको सङ्गमस्थल (वेणीसङ्गम) मा श्रद्धाञ्जली तथा उद्धार प्रार्थना कार्यक्रम आयोजना गर्न लागिएको हो । देवघाट क्षेत्र विकास समिति सहित स्थानीय मठ–मन्दिर, आश्रम, गुरुकुल तथा स्थानीयवासीको संयुक्त सहभागितामा उक्त कार्यक्रम हुन लागेको हो ।

कार्यक्रमका क्रममा बाढीमा परी मृत्यु भएकाहरूको आत्माको सद्गति र उद्धारका निम्ति विशेष सङ्कल्पसहित सामूहिक गीतापाठ गरिने जनाइएको छ । साथै, बेपत्ता भएकाहरूको सकुशल उद्धार र घाइतेहरूको द्रुत स्वास्थ्य लाभका लागि भगवानसँग सामूहिक प्रार्थना तथा गीतापाठ समेत गरिने आयोजकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट कलेजको विकास र भावी योजनाबारे बृहत् छलफल, साझा सम्पत्तिका रूपमा अघि बढाउन जोड

देवघाट । भदौ २१ देवघाटमा उच्च शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले स्थापित देवघाट सामुदायिक कलेजको